पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु « Khabarhub

पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभा र धनकुटा गरी पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ३२ बर्षीया चन्द्र कुमारी राई पानीमा डुबेका अवस्थामा मृत फेला परेकी थिइन् ।

सभापोखरी गाउँपालिका–१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाइड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा राईको शव फेला परेको थियो ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ०८ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न