घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड « Khabarhub

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक स्थल ब्रह्मायणी मन्दिर परिसरमा जमरा राख्न आवश्यक पवित्र माटो संकलन गर्ने भक्तजनको भीड लागेको छ ।

बिहानैदेखि स्थानीय बासिन्दा तथा भक्तजनहरू मन्दिर नजिकैको ब्रह्मायणी घाटमा माटो लिन पुगेका हुन्। 

नेवारी संस्कृति तथा दसैँ परम्परामा ब्रह्मायणी घाटको बालुवा मिश्रित माटोलाई विशेष महत्त्वका साथ लिने गरिन्छ। यस स्थानको माटोमा जमरा उमार्दा राम्रो, पहेँलो र पुष्ट हुने जनविश्वास रहेको छ । 

नवदुर्गा भवानीको पहिलो स्वरूपसँग सम्बन्धित शक्तिपीठका रूपमा पूजिँदै आएको ब्रह्मायणी मन्दिर परिसरबाट माटो ल्याएर घरको दसैँ घर वा पूजाकोठामा जमरा राख्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ। 

घटस्थापनाका दिन संकलन गरिएको माटोमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौ, धान तथा मकै छर्ने चलन छ । यसरी राखिएको जमरालाई नवरात्रभरि हरेक बिहान पूजा गरी जल अर्पण गरिन्छ ।

भक्तपुरको ब्रह्मायणी मन्दिरमा घटस्थापनाका दिन माटो संकलन गर्न भक्तजनको उपस्थिति रहनुले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराप्रतिको निरन्तरतालाई झल्काउने सस्कृतविद्हरु बताउँछन् । 
 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  २ : ०८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर