वेब सिरिज बनाउने योजनामा दीपकराज गिरी « Khabarhub

वेब सिरिज बनाउने योजनामा दीपकराज गिरी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ ले वर्षभरि नै चर्चा कमायो । फिल्मले व्यावसायिक सफलता पनि हात पार्‍यो ।

गतवर्ष नै गिरीले यो वर्षको दशैंमा ‘छक्का पञ्जा ४’ फिल्म रिलिजको घोषणा गरेका थिए । फिल्मको स्किृप्ट जेठसम्म फाइनल गर्ने उनको योजना थियो । तर, लकडाउनले उनको योजना चौपट पारिदियो । लकडाउनका कारण फिल्मको काम गर्न नपाएपछि गिरीले वेब सिरिज बनाउने सोच बनाएका छन् ।

स्रोतका अनुसार कोरोना भाइरसका कारणले यो वर्ष ‘छक्का पञ्जा ४’ रिलिज नै हुने छैन । यदि केही फिल्म चले पनि गिरी यो वर्ष फिल्म रिलिज नगर्ने मुडमा छन् ।

यो समयमा उनी खासै सिर्जनशील काममा लाग्न सकेका छैनन् । यद्यपि अब छिट्टै नै कोरोनाको यो कहर कम हुनेमा आशावादी छन् ।

विश्वभर वेब सिरिजले पनि राम्रो व्यापार गर्न थालेको र दर्शक पनि आकर्षित भएको भन्दै उनले अब सिरिज बनाउने सोच बनाएका हुन् ।

कमेडी फिल्ममार्फत दर्शकको मन जितेका गिरीको टिमले वेब सिरिज बनाए भने कस्तो फिल्म बनाउलान् भन्नेमा धेरैले चासो राखेका छन् । लकडाउन लम्बिँदै गयो र माहोल यस्तै रह्यो भने गिरीले वेब सिरिजको काम थाल्ने स्रोत बताउँछ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०१ बजे

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५