अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान « Khabarhub

अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोना भाइरस विरुद्धको खोप पहिचान गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास चाँडै गरिने तयारी भएको सीएनएनले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने दाबी गरेका छन् ।

अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्त्यसम्मका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने बताएका हुन् ।

‘मलाई पूर्ण विश्वास छ कि यस वर्षको अन्त्यसम्ममा हामीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाइसक्नेछौं,’ ट्रम्पले अन्तर्वार्तामा भनेका छन् । साथै ट्रम्पले यस विद्यालयहरु सेप्टेम्बर महिनामा खोल्ने संकेत पनि गरेका छन् । अलि पाका उमेरका शिक्षकहरुमा संक्रमणको सम्भावना बढी रहेको पनि विद्यालय बन्द गरिरहन उपयुक्त नहुने उनले बताए ।

साथै ट्रम्पले ‘हाइड्रोक्सिक्लोरोक्विन’ नामक औषधि बनाउने कम्पनीमा आफ्नो कुनै लगानी रहेको स्पष्टीकरण दिँदै यसको प्रयोगबाट असर नगर्ने बताएका छन् ।

‘यसको प्रयोगबाट कसैलाई हानी भएको छैन । यसबाट कमसेकम मानिसको मृत्यु त भएको छैन,’ ट्रम्पले भने । तर चिकित्सकहरुले भने कोरोना भाइरस संक्रमितको उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ लाभदायक भएको कुनै प्रमाण नभएको दाबी गरेका छन् । बरु अमेरिकी चिकित्सकहरुले ‘रेम्डेसिभियर’ नामक औषधि भने प्रभावकारी भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : १४ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को