म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ « Khabarhub

म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए ।

पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए ।

यसअघि सदरमुकाम सिरहामा कालोबजार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वन कर्मचारीको गस्ती टोलीले सिरहाको लहान नगरपालिका–१७ स्थित राजदेवी सामुदायिक वनभित्र अवैधरुपमा कटान गरिएको साखु तथा खयरका काठ दाउरा बरामद गरेको छ ।

अवैधरुपमा काठ दाउरा कटान गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले साखु र खयर जातको काँचो काठ दाउरा कटान गरिएको अवस्थामा बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ४० बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री