श्रीमतीको हत्या गरेर बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुग्दा... | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरेर बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुग्दा…


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आफ्नी श्रीमतको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिने १ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालभित्ती बस्दै आएका हरि चौहान छन् ।

२३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले चौहानलाई आइतबार पक्राउ गरेको हो ।

झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।

सो क्रममा सोही नगरपालिका-१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ०७ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ