श्रीमतीको हत्या गरेर बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुग्दा… « Khabarhub

श्रीमतीको हत्या गरेर बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुग्दा…


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आफ्नी श्रीमतको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिने १ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालभित्ती बस्दै आएका हरि चौहान छन् ।

२३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले चौहानलाई आइतबार पक्राउ गरेको हो ।

झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।

सो क्रममा सोही नगरपालिका-१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ०७ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी