कोरोना संक्रमितको अवस्था सामान्य, प्रदेश १ मा संक्रमितको संख्या धेरै « Khabarhub

कोरोना संक्रमितको अवस्था सामान्य, प्रदेश १ मा संक्रमितको संख्या धेरै


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभरका अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका विभिन्न अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशभर ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् ।

रुपन्देहीमा एकजना, नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा एक,वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना गरी ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नम्बर १ मा ३१ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १७ प्रदेश नम्बर २ मा १३, बाग्मती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण देखिएको छ । डा देवकोटाका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा भने हालसम्म कोरोना संक्रमित देखिएका छैनन् ।

हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५० हजार ८ सय ४५ वटा नमूना परीषण गरिएको छ । डा देवकोटाका अनुसार हाल देशभरका क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेका छन् । यस्तै देशभरका आइसोलेसनमा १ सय ६जना रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ०८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी