कोरोना संक्रमित बढेपछि बाँकेको नेपालगञ्जमा आजदेखि तीन दिनसम्म निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि बाँकेको नेपालगञ्जमा आजदेखि तीन दिनसम्म निषेधाज्ञा


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।

मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (बिहीबार) मध्यराति सम्मका लागि घरबाट बाहिर ननिस्ककने गरी निषेधित क्षेत्र तोकिएको डा राणाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर मंगलबारदेखि बिहीबार मध्यरातिसम्मका लागि कसैलाई घरबाट बाहिर ननिस्केनगरी निषेधाज्ञा जारी गरेको बताए ।

अब २५ गतेसम्म कुनै पनि व्यक्तिले बाहिर निस्किन पाउने छैनन् । बाहिर निस्केका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ५० बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार