म हर्टअट्याक भएपनि उठ्ने मान्छे हो : पूर्व युवराज पारस | Khabarhub Khabarhub

म हर्टअट्याक भएपनि उठ्ने मान्छे हो : पूर्व युवराज पारस


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाहले आफ्नो स्वास्थयमा केही समस्या नभएको बताएका छन् ।

आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको  भन्दै उनले आश्चर्य प्रकट गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे ।

‘हर्ट अट्याक हुने मान्छे हो म ?’ उनले भने, ‘हार्ट अट्याक भएपनि उठ्ने मान्छे हो ।’

आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् ।

‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’

एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।

‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ। ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’

भिडियो लाइभका क्ररममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ ।

उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् ।

उनी चार दिन यता पोखरामा पार्टी गर्दै मस्ती गरिहेका छन् । जसको भिडियो फेसबुकमार्फत शाहले लाइभ गर्दै आएका छन् ।
चुरोटको धुवाँ उडाउँदै गीतको तालमा झुमिरहेका हुन्छन् । साथीहरुसँग उनी मस्त देख्न सकिन्छन् ।

लकडाउनका समयमा मानिसहरु बाहिर हिँडिरहेको भन्दै उनले भिडियो पोस्ट गर्छन् । नो कोरोना भन्दै नाचगानमा उनी व्यस्त छन् ।

यो पनि पढ्नुहोस्

लकडाउनका समयमा ‘नो कोरोना’भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती !

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ०३ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.