अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई « Khabarhub

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त भएकोमा बालेन्द्र शाहलाई बधाइ दिएको छ । उक्त समूहका नेता मिर यार बलोचले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् ।

विज्ञप्तिमा उनले बलुचिस्तान गणतन्त्र तथा नेपालमा रहेका बलोच समुदायका तर्फबाट शाहलाई बधाइ दिएको उल्लेख गरेका छन् । यद्यपि नेपालमा बलुच समुदायको स्थायी बसोबास रहेकोमा भने आशङ्का छ ।

शाहको नेतृत्वमा नेपालले उन्नति र समृद्धि हासिल गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ । शाहको नेतृत्वमा दुई मुलुकबीच आपसी सम्मानमा आधारित बलियो कूटनीतिक सम्बन्ध स्थापना हुने बलुचिस्तान गणतन्त्रको अपेक्षा छ ।

बधाई सन्देशमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालस्थित अमेरिकी दूतावास, रुटिन अफ नेपाल बन्द लगायतलाई समेत मेन्सन गरिएको छ ।

यो पनि- सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : ५१ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको