अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई « Khabarhub

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त भएकोमा बालेन्द्र शाहलाई बधाइ दिएको छ । उक्त समूहका नेता मिर यार बलोचले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् ।

विज्ञप्तिमा उनले बलुचिस्तान गणतन्त्र तथा नेपालमा रहेका बलोच समुदायका तर्फबाट शाहलाई बधाइ दिएको उल्लेख गरेका छन् । यद्यपि नेपालमा बलुच समुदायको स्थायी बसोबास रहेकोमा भने आशङ्का छ ।

शाहको नेतृत्वमा नेपालले उन्नति र समृद्धि हासिल गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ । शाहको नेतृत्वमा दुई मुलुकबीच आपसी सम्मानमा आधारित बलियो कूटनीतिक सम्बन्ध स्थापना हुने बलुचिस्तान गणतन्त्रको अपेक्षा छ ।

बधाई सन्देशमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालस्थित अमेरिकी दूतावास, रुटिन अफ नेपाल बन्द लगायतलाई समेत मेन्सन गरिएको छ ।

यो पनि- सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : ५१ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार