पीएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष बने भक्तपुरका सुवाल « Khabarhub

पीएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष बने भक्तपुरका सुवाल


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलराम प्यासी

भक्तपुर- पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ ।

यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर नेपालकै पहिलो ‘पीएचडी’ होल्डर वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएका छन् ।

डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएका छन् । उनले त्रिभुवन विश्व विद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

वडाध्यक्ष डा.सुवालले केही दिनअघि त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धी ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका  हुन् ।

उनी सो पार्टीको ६ नं वडाको वडा समिति सचिवको साथै नेमकिपाको जनवर्गीय संगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’ को केन्द्रीय सचिव पनि हुन् ।

विद्यावारिधि उत्तीर्ण गरेसंगै डा.सुवाल नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मा धेरै विषय अध्ययन गर्ने नेता समेत बनेका छन् ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन, उनले पोलिटिकल साइन्स र इतिहास गरी दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् ।

शिक्षा, कानून र मानवीकि गरी तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका छन् । डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : १७ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट