सीमा क्षेत्रमा बीओपीको संख्या थपेर ५०० पुर्‍याउने गृह मन्त्रालयको तयारी | Khabarhub Khabarhub

सीमा क्षेत्रमा बीओपीको संख्या थपेर ५०० पुर्‍याउने गृह मन्त्रालयको तयारी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोक्न गृह मन्त्रालयले सीमा क्षेत्रमा जारी निगरानीलाई थप कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सीमामा निगरानी बढाउन सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ५०० पुर्‍याउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सोसम्बन्धी खाका तयार पारेर सोमबार गृह मन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो ।

हाल सीमामा १२१ बीओपी रहेकोमा त्यसलाई बढाएर ५ सय पुर्‍याउने सरकारको तयारी रहेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बीओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा बीओपी थप्ने तयारी गरेको हो ।

प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बीओपी त्यसपछि ३.५ किलोमिटर सीमामा रहनेछ । बीओपी थप सम्बन्धी गृह मन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रीपरिषदमा लैजाने बताए ।

उनले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको बताउँदै बीओपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए ।

शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बीओपी स्थापना प्रक्रिया अगाडि बढाईने उनले प्रतिवद्धता व्यक्त गरे ।

अहिलेको जटिल परिस्थितिमा सीमित स्रोत र साधनका बाबजूद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय रहेको गृहमन्त्रीले टिप्पणी गरे । गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील विषय भएकोले सीमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बीओपी बढाउनुको विकल्प नरहेको बताए ।

गृहसचिव न्यौपानेले भन्सारको १११ ठाउँमा रहेको जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

यसअघि सीमाक्षेत्रमा ८७ बीओपीमात्रै रहेकोमा पछिल्लो समय बीओपीको संख्या १ सय २० पुर्‍याइएको छ । त्यस्तै बीओपी संख्या २ सय २१ पुर्‍याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेको छ ।

यसअघि बीओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिलपछि ८ हजार ३ सय ८३ जनशक्ति सीमामा थपिएको छ । गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलो संख्यामा सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका छन् ।

यसअघि सशस्त्रको १२१ स्थानमा मात्रै बीओपी रहे पनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ३४ बजे

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको