नेकपाका नेता रायमाझीको निधन « Khabarhub

नेकपाका नेता रायमाझीको निधन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित रायमाझीको सोमबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।

रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा समेत गरेका थिए ।

चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा(एमाले) केन्द्रीय स्कूल विभाग सदस्य थिए । उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए । रायमाझीका दुई छोराछोरी छन्।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : २० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य