विश्वमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो « Khabarhub

विश्वमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ ।

सोमबार साँझ समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार १४१ पुगेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ११ हजार ७९९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ७१ हजार बढी निको भएर घर फर्किएका छन् ।  २१ लाख ९० हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ५१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ९९ हजार ५१६ पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ४२ हजरा ८३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : १८ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना