विश्वमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो « Khabarhub

विश्वमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ ।

सोमबार साँझ समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार १४१ पुगेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ११ हजार ७९९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ७१ हजार बढी निको भएर घर फर्किएका छन् ।  २१ लाख ९० हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ५१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ९९ हजार ५१६ पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ४२ हजरा ८३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : १८ बजे

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति