लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै « Khabarhub

लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झण्डै साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएका छन् । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न  सरकारलाई दबाब परेको छ।

लकडाउनको स्वरूप परिवर्तन नगरे बजार पसल खोल्ने व्यवसायीहरूले चेतावनी दिइसकेका छन् भने लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका छन् ।

नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गतेदेखि सुरू गरिएको लकडाउन ७३औँ दिनसम्म आइपुग्दा अरू २ हजार २ सय ९८ संक्रमित थपिएका छन् भने ९ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ४१ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय