रंगभेदविरुद्ध थ्रीस्टारले लेख्यो – साथमा हुँदा हामी बलियो छौं « Khabarhub

रंगभेदविरुद्ध थ्रीस्टारले लेख्यो – साथमा हुँदा हामी बलियो छौं


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन क्लब थ्रीस्टारले रंगभेदविरुद्ध आवाज उठाएको छ ।

क्लबको अफिसियल फेसबुक पेजमार्फत् रंगभेदविरुद्ध बोलेको थ्रीस्टारले आफ्ना कप्तान विक्रम लामा र अफ्रिकन खेलाडी गोलकिपर गियोम एनजङगा फोटा सेयर गरेको छ ।

‘हामी साथमा हुँदा बलियो छौं,’ थ्रीस्टारले पेजमा लेखेको छ ।

अमेरिकामा गोरा जातिका प्रहरी अधिकारीले मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोयडलाई हत्कडी लगायर घाँटी थिची हत्या गरेको विरोधमा अहिले अमेरिकामा आन्दोलन चलिरहेको छ ।

हप्ता दिनभन्दा लामो समयदेखि चलिरहेको आन्दालनमा विभिन्न माध्यमबाट विश्व समुदायले पनि समर्थन जनाउँदै आएको छ ।

खेलाडी, क्लब र विभिन्न निकायहरुले फ्लोयड हत्याको घटनाको निन्दा गर्दै रंगभेद जस्ता कुनै पनि किसिमका भेदभावको अन्त्यको माग भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ३५ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको