गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको जनाएको हो । यससँगै प्रदेशमा सङ्क्रमित कूल ५४ पुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकामा बागलुङको निसीखोला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र २९ का दुई पुरुष र वर्ष ३३ की एक महिला, बडीगाड गाउँपालिका घर भइ क्वारेन्टाइनमा रहेका वर्ष १६, २०, २१ र २५ का चार पुरुष र गलकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका वर्ष २०, २२ र २३ का तीन पुरुष गरी बाग्लुङमा १० जनामा सङ्क्रमणको पुष्टि भएको सो निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भइ सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १८ का एक पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । पर्वत फलेवास ठेगना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २१ का दुई पुरुष र बिहादी गाउँपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २४ र २८ का दुई पुरुषमा गरी चार जना, म्याग्दीको मङ्गला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ का एक पुरुषमा समेत सो सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक सङ्क्रमित छन् । कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ९६३ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३६७ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ५४१ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : ३८ बजे

ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ

काठमाडौं- जेन-जी आन्दोलनको प्रसंगमा आफूले बयान दिन जानुपर्ने भनेर बुधबार

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क

न्होम्पेन- सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क

ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं– सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५