कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान | Khabarhub Khabarhub

कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- १३ औं दिनमा बुधबार कोरोना जितेका बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान भएका छन्।

कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका २ का २२ वर्षीय उनमा लगातारको परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको थियो।

धनगढी प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। जिल्ला अदालत बैतडीले यसअघि नै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेकाले ती युवकलाई कारागार पठाइएको बैतडीका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर किसन चन्दले जानकारी दिए।

गत वैशाख १३ गते शिवनाथकै १९ वर्षीया युवती हत्या आरोपमा ती युवक वैशाख १५ देखि प्रहरी हिरासतमा थिए। ती युवक चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए।

यसअघि ती युवकमा कोरोना पुष्टि भएपछि हिरासतमै रहेकी बहिनी, सम्पर्कमा रहेका प्रहरी, अदालतका कर्मचारी, प्रशासनका कर्मचारी, स्वास्थ्यकर्मी, आफन्तलगायत ९९ जनाको पिसिआर गरिएको र रिपोर्ट नेगेटिभ आएको थियो।

बैतडीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाले बुधबार कोरोना जितिसकेका छन्। कोरोना जित्ने ती युवकसहित दुई जनाको बैतडीमै स्वाब संकलन गरेर धनगढीमा परीक्षण गर्दा कोरोना पोजेटिभि देखिएको हो।

अन्य चार जना गौरीफन्टा नाकाबाट फर्किँदै गर्दा आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार कोरोना पुष्टि भएका पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ।

जेठ १० गते कोरोना पुष्टि भएका बैतडीको शिवनाथका ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। योसँगै सुदूरपश्चिममा कोरोना जित्नको संख्या ७ पुगेको छ। एक जना सुदूरपश्चिमकै संक्रमितले प्रदेश बाहिरको अस्पतालबाट कोरोना जितेका थिए।सुदूरपश्चिम प्रदेशका ७३ जना कोरोना संक्रमितमध्ये प्रदेशभित्र ७१ र दुई जना कर्णाली प्रदेशमा छन्।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ५८ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल