नेपालको नयाँ नक्सा चिनियाँ उक्साहटमा आएको भारतीय रक्षामन्त्री सिंहको संकेत | Khabarhub Khabarhub

नेपालको नयाँ नक्सा चिनियाँ उक्साहटमा आएको भारतीय रक्षामन्त्री सिंहको संकेत


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालसालै नेपालले जारी गरेको नक्सा कसैको उक्साहटमा भएको बताएका छन् ।

मंगलबार एक भारतीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै सिंहले चीनको नाम नलिई भनेका छन्, मैले कसैमाथि आरोप लगाउन चाहन्न तर केही न केही कतैबाट त अवश्य पनि छ ।’

नेपालले जे गरिरहेको छ, त्यसमा चीनको हात हुन सक्छ भन्ने प्रस्तोताको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री सिंहले यस्तो बताएका हुन्।

नेपाल अरु कसैको स्वार्थमा चलेको भन्ने भारतीय सेना प्रमुखको भनाई सार्वजनिक भएको केही दिनमै रक्षामन्त्री सिंहले सेना प्रमुखको भनाईलाई नै बल पुग्नेगरी अभिव्यक्ति दिएका हुन्।

सिंहले नेपालसँग सयौँ वर्षदेखिको भावनात्मक सम्बन्ध भएकाले भारतले त्यो सम्बन्धलाई कुनै पनि हालतमा टुट्न नदिने र असमझदारीलाई बार्तामार्फत टुंग्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : ०२ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०