थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित, संकटकालको घोषणा « Khabarhub

थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित, संकटकालको घोषणा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन्।

वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन्।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ। यस नदीमा मिसिएको डिजेल तत्काल सफा नगरिए उक्त डिजेल उत्तरी ध्रुव नजिकको नोरिल्स्क शहरसँगैको तालमा मिसिने छ।

डब्लुडब्लुएफले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा अम्बारनाया नदीको सतहको ठूलो क्षेत्रमा कालो धब्बा देखिएको छ। स्थानीय वासिन्दाहरुले सामाजिक सञ्जालमा प्रदूषित पानीका तस्वीरहरु पोस्ट गरेका छन्।

नोरिल्स्कभन्दा पश्चिमतर्फ रहेको थर्मल विद्युत गृहबाट गत साता चुहिएको डिजेल अम्बारनाया नदीमा खसेको थियो।

रसियाली खानी उत्खनन कम्पनी नोरिल्स्क निकेलको स्वामित्वमा रहेको यस प्लान्टबाट डिजेल चुहिएको जनाएको छ। कम्पनीले प्लान्टको संरचना पुरानो भएको र प्लान्टको संरचना निर्माणमा प्रयोग गरिएका काठ मक्किएर प्लान्टको डिजेल ट्याँकमा क्षति पुगेको जनाएको छ।

नोरिल्स्क निकेल कम्पनीका प्लान्टबाट विगतमा पनि इन्धन चुहिने समस्या देखिएका थिए। सन् २०१६ मा पनि एउटा स्थानीय प्लान्टबाट नदीमा प्रदूषित वस्तुहरु पुगेका थिए। यस दुर्घटनामा सरकारले कम्पनीमाथि केबल एक हजार डलर जरिवाना गरेको थियो।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : २८ बजे

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५