लागुऔषध गाँजासहित चार जना पक्राउ « Khabarhub

लागुऔषध गाँजासहित चार जना पक्राउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–८ गोनाही चोकबाट २० किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका–११ थानाभर्‍याङ बस्‍ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका–९ कुमलटार बस्‍ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका–१२ पदम पोखरी बस्‍नेहरु सागर लामा र अंकित लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : १० बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको