मुगुमा एक जनालाई कोरोना पुष्टि « Khabarhub

मुगुमा एक जनालाई कोरोना पुष्टि


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए।

उनलाई बिहीबार नै पालिका अन्तर्गत रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिने भएको छ।

संक्रमित युवा खत्याड गाउँपालिका–५ मा स्थापना गरेको हलेखाडा क्वारेन्टिनमा बसेका थिए। त्यहाँ भारतबाट आएका उनीसहित ४८ जनालाई राखिएको छ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट खत्याड गाउँपालिकामै स्थानीयहरू आएका छन्। सरोकारवालाहरुले यो गाउँपालिका कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए।

संक्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक सातापछि आरडीटी परीक्षण गरेर मात्र घर पठाउने र जुम्लामा पीसीआर परीक्षणका लागि बढी चाप भएकाले एक सातासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक सातासम्म स्वाब संकलन नगरिने पनि डा. नगरकोटीले बताए।

एक संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २७९ पुगेको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  २ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को