कर्णाली प्रदेशमा एकैदिन थपिए ११४ जना कोरोना संक्रमित « Khabarhub

कर्णाली प्रदेशमा एकैदिन थपिए ११४ जना कोरोना संक्रमित


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा एकैदिन  थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै  कर्णाली प्रदेशमा जम्मा ३८९ जनामा कोरोना पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरमा अनुसार संक्रमितमध्ये नारायण नगरपालिकामा सबैभन्दा बढी ६९ जना रहेका छन्। नगरपालिकाका ६५ पुरुष र ५ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

त्यस्तै मुगुको खत्याडका एक पुरुषको पीसीआरको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ४ : २१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा