शिवसेना नेपालद्वारा सुस्ता र नवलपुरमा मसाल जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा सुस्ता र नवलपुरमा मसाल जुलुस प्रदर्शन


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवसेना नेपालले राजसंस्था पुनस्थापनाको माग राख्दै नवलपुर र सुस्तामा बिहीबार साँझ मसाल जुलस प्रदर्शन गरेको छ ।

शिव सेना नेपालका कार्यकर्ताले राजसंस्था पुनस्थापनाकाे मागसहित नेपाली भूमि फिर्ताको नारा लगाउँदै मसाल जुलुस निकालेका हुन ।

उनीहरुले मसाल जुलुस निकालेपछि प्रहरीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला अध्यक्ष उपेन्द्र गौतम लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा)ले जानकारी दिए । उनका अनुसार अहिले दुई जनालाई छाडिएको छ भने दुई जना प्रहरीको नियन्त्रणमै रहेका छन् ।

शिव सेना नेपालका केन्द्रीय सदस्य मुरार पहलमान नेतृत्वको टोलीले मसाल जुलुस प्रदर्शन गरेको हो । नवलपरासी अध्यक्ष उपेन्द्र गौतमका अनुसार सुस्ता नगरअध्यक्ष हिटलरसहित स्थानीय युवाहरु प्रदर्शनाम सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ०८ बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई