कतारमा दुई नेपालीले पाए जनही १५ हजार कतारी रियाल पुरस्कार « Khabarhub

कतारमा दुई नेपालीले पाए जनही १५ हजार कतारी रियाल पुरस्कार


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा दुई  नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा इमान्दारिपूर्वक काम गरेको भन्दै नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइजेस कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा गएका थिए ।

उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेडवर्कर भए । हाल कार्पेन्टर मेसनरीदेखि सबै काममा पोख्त उनी पोख्त छन् ।

रामशंकले कम्पनीमा १२ वर्ष बिताइसकेका छन । पुरस्कार पाउँदा निकै खुशी लागेको उनीहरुले बताएका छन् ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  २ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै