विश्वभर ६२ लाख ९२ हजारभन्दा बढी कोरोना संक्रमित निको « Khabarhub

विश्वभर ६२ लाख ९२ हजारभन्दा बढी कोरोना संक्रमित निको


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १३७ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ ।

२४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार