गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु « Khabarhub

गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा पालुङटारका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५:०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिअनुसार मृतक पुरूषमा गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९:५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँएकोमा उपचारका क्रमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ५१ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६