बझाङको मल्लेसी गाउँमा पहिरो, १७ घर पुरिए | Khabarhub Khabarhub

बझाङको मल्लेसी गाउँमा पहिरो, १७ घर पुरिए


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङको केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले १७ घर पुरिएको हो ।

गाउँपालिकाका इञ्जिनियरसमेत रहेका सूचना तथा सञ्चार प्रविधि अधिकृत लेखराज रावलकाअनुसार बिहान २ बजेतिर पहिरो गएको जानकारी आएपछि उक्त क्षेत्रमा प्रहरीसहितको उद्धार टोली प्रस्थान गरेको छ ।

मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण विहान साढे ७ बजे नै झोता अस्थायी प्रहरी चौकीबाट असईको नेतृत्वमा उद्धार टोली हिडे पनि त्यहाँ पुग्न नसकेको रावलले जानकारी दिए ।

‘पहिरोले पुरिएर ठूलै हताहती भएको अनुमान गरिएको छ,’ रावलले खबरहबसँग भने, ‘अहिलेसम्म ४ महिला र ३ पुरूष गरी ७ जनाको शव नै फेला परेको जानकारी आएको छ, हामी पनि जाने तयारी छौँ यकिन विवरण आउन समय लाग्छ ।’

पहिरोले पुरेको १७ घरमा २८ जनाको बसोबास रहेको प्रारम्भिक सूचना आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ०३ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको