किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय « Khabarhub

किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलाको दुवैतर्फ मासुमा गाँठो बन्दै जानुलाई टन्सिल भनिन्छ ।

आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ ।

टन्सिलका लक्षण
शरीरमा उच्च तापक्रम देखापर्नु
सुक्खा खकार आउनु
जिउ काँप्ने गरी ज्वरो आउनु
स्वास गन्हाउनु
गला भित्रको भाग रातो हुनु
आवाज भारी हुनु र
खाना निल्न गाह्रो हुनु ।

टन्सिल हुनुका कारण
१. शरीरमा आयोडिनको कमी हुनु ।
२. मौसम परिवर्तन भएर चिसो हुनु ।
३. अत्यधिक चिसो खानेकुरा खानु ।
४. बजारका तथा गलत खानपानको बानि हुनु ।
५. संक्रमण वा ब्याक्टेरियाको संक्रमण हुनु ।
६. अत्यधिक मात्रामा धूलोधूवाँ हिड्नु वा काम गर्नु ।
७. अमिलो खानेकुराको सेवन गर्नु ।

घरेलु उपचार
१. मरिच र तुलसीका पातलाई उमालेर काढा बनाई राति सुत्नुअघि दूधमा हालेर पिउँदा पनि टन्सिल बिस्तारै निको हुन्छ ।

२. दालचिनीको धूलो र महको मिश्रणलाई नियमित ३ पटकसम्म खाएमा पनि गलाको टन्सिल निको हुन्छ ।

३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।
४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।

५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।

टन्सिल हुदाँ के बार्ने ?

अमिलो, पीरो र चिसो नखाने

खानामा तेल मसला कम प्रयोग गर्ने

भुइँकटहर, केरा, सुन्तला नखाने

आरुबखडा, खरबुजा, मेवा र स्याउ पनि नखाने

खानापछि नियमित तुलसीको पात चबाउने

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ०४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा