किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय « Khabarhub

किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलाको दुवैतर्फ मासुमा गाँठो बन्दै जानुलाई टन्सिल भनिन्छ ।

आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ ।

टन्सिलका लक्षण
शरीरमा उच्च तापक्रम देखापर्नु
सुक्खा खकार आउनु
जिउ काँप्ने गरी ज्वरो आउनु
स्वास गन्हाउनु
गला भित्रको भाग रातो हुनु
आवाज भारी हुनु र
खाना निल्न गाह्रो हुनु ।

टन्सिल हुनुका कारण
१. शरीरमा आयोडिनको कमी हुनु ।
२. मौसम परिवर्तन भएर चिसो हुनु ।
३. अत्यधिक चिसो खानेकुरा खानु ।
४. बजारका तथा गलत खानपानको बानि हुनु ।
५. संक्रमण वा ब्याक्टेरियाको संक्रमण हुनु ।
६. अत्यधिक मात्रामा धूलोधूवाँ हिड्नु वा काम गर्नु ।
७. अमिलो खानेकुराको सेवन गर्नु ।

घरेलु उपचार
१. मरिच र तुलसीका पातलाई उमालेर काढा बनाई राति सुत्नुअघि दूधमा हालेर पिउँदा पनि टन्सिल बिस्तारै निको हुन्छ ।

२. दालचिनीको धूलो र महको मिश्रणलाई नियमित ३ पटकसम्म खाएमा पनि गलाको टन्सिल निको हुन्छ ।

३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।
४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।

५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।

टन्सिल हुदाँ के बार्ने ?

अमिलो, पीरो र चिसो नखाने

खानामा तेल मसला कम प्रयोग गर्ने

भुइँकटहर, केरा, सुन्तला नखाने

आरुबखडा, खरबुजा, मेवा र स्याउ पनि नखाने

खानापछि नियमित तुलसीको पात चबाउने

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ०४ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब