यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित भएका ११ जिल्ला, कहाँ कति ? « Khabarhub

यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित भएका ११ जिल्ला, कहाँ कति ?


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट,महोत्तरी र सर्लाही , प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन्।

हालसम्म रौतहटमा एक हजार ३सय ९७ जना संक्रमित देखिएको छन्। रौतहटमा १ एक हजार ३६ पुरुष र ६१ महिला संक्रमित पुष्टि भएका छन्। त्यसैगरी महोत्तरीमा ७ सय ३४ संक्रमितमध्ये ७ सय ३ पुरुष र ३१ महिला संक्रमित छन्।

सर्लाहीमा ६ सय ७४ संक्रमित पुष्टि भएका छन्। सर्लाहीमा पुरुष ६ सय २८ र महिला ४६ संक्रमित पुष्टि भएका छन्। प्रदेश ५ को कपिलबस्तुमा ७ सय ५३ संक्रमितमध्ये ६ सय ९२ पुरुष र ६१ महिला जना महिला छन्।

त्यसैगरी, दाङमा कोरोना संक्रमितको संख्या ६ सय २६ पुगेको छ। जसमध्ये ५ सय १९ पुरुष र १०७ महिला संक्रमित भएका छन्।

पाल्पामा हालसम्म ५ सय ३८ जना संक्रमित भएका छन्। पाल्पामा ४ सय ९५ पुरुष र ४३ महिला संक्रमित भएका छन् । कर्णाली प्रदेशको दैलेखमा ७ सय ९७ जना संक्रमित पुगेका छन्। दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला संक्रमित छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा ८ सय २९ संक्रमित मध्ये पुरुष ६ सय ५९ पुरुष र १७० महिला संक्रमित छन्।

सुदूरपश्चिम प्रदेशकै अछाममा संक्रमितको संख्या ५ सय ८६ पुगेको छ। अछाममा पुरुष ४ सय ६७ र महिला १सय १९ छन्। डोटीमा ५सय ५३ कोरोना संक्रमित पुगेका छन्। डोटीमा ३ सय ९० पुरुष र १६३ महिला संक्रमित छन्।

सुदूरपश्चिमकै बाजुरामा ५ सय ३९ संक्रमित पुष्टि भएकामध्ये ३ सय ६८ जना र १सय ७१ महिला संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ भने हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ५६ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ