काठमाडौंको ढलमा कोरोना देखिएकोबारे डा. पाण्डेले भने- डराउनु पर्दैन, सावधानी अपनाऔँ « Khabarhub

काठमाडौंको ढलमा कोरोना देखिएकोबारे डा. पाण्डेले भने- डराउनु पर्दैन, सावधानी अपनाऔँ


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स – २’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ ।

स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो ।

यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ । त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट र बाहिर राख्दा अर्को रिपोर्ट आएको धेरै अध्ययनले बताएका छन् ।

त्यस्तै २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो । यो सस्तो एबम सजिलो अध्ययन हो। नेपालजस्तो गरिब देशको लागि यो बिधि उपयुक्त मोडेल हो ।

हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ। यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ ।

संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्था अर्थात संक्रमण भएको ३-६ दिनसम्म धेरै मात्रामा भाइरस बोकेको हुन्छ ।

त्यो समुहमा केहि प्रतिशत व्यक्तिले दिशाबाट कोरोना भाइरस / भाइरसका टुक्रा / भाइरसको फोहोर बिसर्जन गर्दछन । खासगरि वान्ता, पखाला लगायत पेटको लक्षण देखिएका बिरामीबाट यो उत्सर्जन हुन्छ।

सहरका अधिकांश भागमा ढलको फोहोर वा ढल मिसिएको पानीमा RT – PCR टेस्ट गर्दा RNA Virus देखियो भने उक्त सहरमा आगामी ७-१० दिनमा प्रकोप फैलिन्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ।

यस्तो अवस्थामा आम नागरिकले पूर्ण सतर्कता अपनाउने तथा सरकारले उपचार ब्यबस्थापन गर्ने हो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ।

अन्त्यमा, यो २ ठाउँको सीमित परीक्षणको आधारमा डर मान्नुपर्ने अवस्था छैन। सरकारी तथा नीजी ल्याब एवम् अनुसन्धान केन्द्रहरुले जतिसक्यो धेरै ठाउँमा परीक्षण गरेमा सम्भावित महामारीको पूर्व अनुमान गर्न सकिन्छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले सुरुवात गरेकोमा हार्दिक धन्यबाद ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०३ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ