रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए « Khabarhub

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले जवाफ फर्काएकी छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ भन्दै टिप्पणी गरेका थिए।

शाहको उक्त टिप्पणीपछि जेनजी अभियन्ता बमले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा जवाफ दिएकी हुन् ।

बमले लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइतेरसहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

उनको यो टिप्पणी प्रधानमन्त्री शाहलाई लक्षित रहेको देखिन्छ। बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले गरेको संघर्ष र बलिदानको प्रसंग उठाउँदै त्यसै आन्दोलनपछि राजनीतिक नेतृत्वमा पुगेकाहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी छन्।

प्रधानमन्त्री शाहको टिप्पणी र त्यसपछि बमको जवाफसँगै सामाजिक सञ्जालमा दुवै पक्षबीचको राजनीतिक बहस थप चर्किएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन