पहाडी भू-भागमा आंशिक बदली, दिउँसो सामान्य वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

पहाडी भू-भागमा आंशिक बदली, दिउँसो सामान्य वर्षाको पूर्वानुमान


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पहाडी भू-भागबाहेक आंशिक बदली बाहेक अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ ।

दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा  अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरूमा भने भारी वर्षा  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार दिउँसो भने एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : २५ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत