सप्तरीमा आजबाट निषेधाज्ञा « Khabarhub

सप्तरीमा आजबाट निषेधाज्ञा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा साउन २६ गतेसम्म जारी रहनेछ । जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले निर्णय गरेपछि बिहानदेखि सप्तरीमा निषेधाज्ञा लागू भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहनेछन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ ।

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ५३ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक