जनकपुर र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा « Khabarhub

जनकपुर र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा सोमबार मध्यारातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदीको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोडबीचको क्षेत्र भित्र प्रशासनले मानिसहरुको आवतजावतमा निषेध गरिएको छ।

संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साउन २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

सुरक्षा निकाय, स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सम्पूर्ण उद्योग व्यवसाय यस अवधिभित्र भित्र खोल्न नपाइने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ३९ बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ