दुई उडानमार्फत कतारबाट २९९ जना नेपाली स्वदेश फिर्ता | Khabarhub Khabarhub

दुई उडानमार्फत कतारबाट २९९ जना नेपाली स्वदेश फिर्ता



दोहा – कोरोना भाइरसको महामारी लगायतका अन्य कारणले कतारमा अप्ठ्यारोमा परेका २९९ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट २९९  जना नेपाली स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ महिलासहित १५० जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमा ११ महिलासहित १४९ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले जानकारी दिएका छन् ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाई गर्न नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान आजै साँझ नेपाल एयरलाइन्सले गर्नेछ । हिमालय एयरलाइन्सले भने अगष्ट ५ का लागि उडान गर्ने तय भएको  दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ५७ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार