गाई काटेको आरोपमा चार जना पक्राउ « Khabarhub

गाई काटेको आरोपमा चार जना पक्राउ


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ ।

बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘चार जनालाई गाई काटिरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘मुलुकी अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।’

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ११ : ३२ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको