गाई काटेको आरोपमा चार जना पक्राउ « Khabarhub

गाई काटेको आरोपमा चार जना पक्राउ


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ ।

बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘चार जनालाई गाई काटिरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘मुलुकी अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।’

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ११ : ३२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड