कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर « Khabarhub

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ ।

तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । “विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए”, व्यास–२ का मुकेश बुढाथोकीले भने, “अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेका थिए ।”

नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ ।

भातरले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याइ आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन ।

स्थानीयवासी जहेन्द्र धामी भन्छन्, “ ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।”

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।

व्यासका स्थानीयवासी भन्छन्, “भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।” भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ ।

नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेले भने, “व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।”

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : २४ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ