अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि « Khabarhub

अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा काम गर्ने १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरी पीसीआर परीक्षण गरेका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी रहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

फिल्डमा खटिने प्रहरी अधिकारी तथा अन्य सरकारी कार्यालयका कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारी कार्यालयमा पनि पीसीआर परीक्षण गर्ने तयारी थालिएको छ ।

आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : ३३ बजे

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र