कोरोना परीक्षणका लागि बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको स्वाब संकलन  « Khabarhub

कोरोना परीक्षणका लागि बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको स्वाब संकलन 


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ ।

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि आज स्वाब सङ्कलन गरेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पीसीआर परीक्षण गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ५४ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु