कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला « Khabarhub

कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–८ गाउँजीमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

स्थानीय मानप्रसाद भट्टको बारीको आँपको रुखमा आठ फिट सात इञ्च लामो र आठ किलो तौलको अजिङ्गर फेला परेको हो ।

चुरे वन क्षेत्रबाट आहाराको खोजीमा बस्तीमा अजिङ्गर आएको हुन सक्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए ।

स्थानीय बासिन्दाले अजिङ्गर फेला परेको बारे जानकारी दिइएपछि वन कार्यालय सुरक्षा शाखाका प्रमुख अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिङ्गरको उद्धार गरेको उनले बताए ।

उद्धार गरिएको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा छाडिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : २९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको