कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला « Khabarhub

कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–८ गाउँजीमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

स्थानीय मानप्रसाद भट्टको बारीको आँपको रुखमा आठ फिट सात इञ्च लामो र आठ किलो तौलको अजिङ्गर फेला परेको हो ।

चुरे वन क्षेत्रबाट आहाराको खोजीमा बस्तीमा अजिङ्गर आएको हुन सक्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए ।

स्थानीय बासिन्दाले अजिङ्गर फेला परेको बारे जानकारी दिइएपछि वन कार्यालय सुरक्षा शाखाका प्रमुख अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिङ्गरको उद्धार गरेको उनले बताए ।

उद्धार गरिएको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा छाडिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने