पाकिस्तानी नयाँ नक्साबारे भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन  « Khabarhub

पाकिस्तानी नयाँ नक्साबारे भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन 


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले कश्मिरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेसँगै भारतले यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय स्तरमा कुनै विश्वनीयता नरहेको प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया जनाउँदै  ‘हास्यास्पद राजनीतिक अभ्यास’ भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता नै रहेको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानी प्रधानमन्त्रीको यस कदमलाई आधारहीन दाबी भन्दै राजनीतिक मुर्खताकाबीच उठाइएको कदमको संज्ञा दिएको छ ।

पाकिस्तानले जारी गरेको नयाँ राजनीतिक नक्शामा गुजरात र जम्मू-कश्मीर र लद्दाख क्षेत्र समेटिएको छ ।

नयाँ नक्शाबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्शाले पाकिस्तान जनताको उमंगको प्रतिनिधित्व गर्छ । पाकिस्तान र कश्मीर बासिन्दाहरुको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ ।’

उनले अब पाकिस्तानका स्कूल, कलेज र सबै सरकारी कार्यालयमा नयाँ आधिकारिक नक्सा प्रयोगमा ल्याइने जनाएका छन् ।

स्रोत -बीबीसी 

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : १३ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६