ललितपुर महानगरको चक्रपथ क्षेत्रभित्र आज राति १० बजेसम्म कर्फ्यू « Khabarhub

ललितपुर महानगरको चक्रपथ क्षेत्रभित्र आज राति १० बजेसम्म कर्फ्यू


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टका अनुसार, ललितपुर महानगरभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको हो।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ।

स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।

जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ४१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर