प्रेम प्रस्ताव राख्न शरीरमा आगो लगाइयो ! (भिडियो) « Khabarhub

प्रेम प्रस्ताव राख्न शरीरमा आगो लगाइयो ! (भिडियो)


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम प्रस्ताव राखेपछि स्वीकार होला वा नहोला भन्ने पीरले प्रत्येक प्रेमीलाई सताउँछ । जसले आफ्नो प्रस्ताव स्वीकार गराउनकै लागि नयाँ नयाँ शैली अपनाइन्छ ।

यस्ता शैली रोचकमात्र हुँदैनन् कुनै कुनै बेला बहुत खतरनाक पनि हुन्छन् । यस्तै सबैलाई चकित बनाउने घटना छ बेलायतको ।

बेलायत निवासी रिकी एश नामक एक ब्यक्तिले आफ्नी प्रेमीका कट्रीना डबसनलाई विवाहको प्रस्ताव राख्दा अपनाएको शैली डरलाग्दो मात्र छैन यो खतरनाक पनि छ । पेशाले स्टन्टम्यान रिकी विवाहको प्रस्ताव राख्न प्रेमिकाको अघि शरीरमा आगो लगाएर पुगे । त्यहाँ उनले फिल्मी स्टाइलमा घुडाँ टेकेर विवाहको प्रपोज गरे ।

उनले स्टन्ट गरिरहँदा सुरक्षाका सबै तयारी गरेका थिए । त्यसैले प्रस्ताव राख्नासाथ उनका सहयोगीले आगो निभाइ दिए । ५२ वर्षीय रिकी लामो समयदेखि स्टन्ट गरिरहेका छन् । उनले हलिउडका कैयौं ठुला स्टारकालागी स्टन्ट गरेका छन् ।

रिकीकी प्रेमिका पेशामा नर्स हुन् । उनीहरुको भेट अनलाईनमा भएको थियो । तर जब दुबैले भेटे तब उनीहरुको प्रेम टुट्ने अवस्थामा पुग्यो । खासमा कट्रीनाको उचाई ६ फिट ३ इञ्च थियो भने रिकीको उचाई केवल ५ फिट ८ इञ्च थियो । तर रिकीको प्रेम र उनको व्यवहारले कट्रीनाले उनलाई नै रोजिन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ३३ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४