संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? « Khabarhub

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।

जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ ।

जान्नुहोस् राशी अनुसारको उपाय :

मेष राशी
नियमित सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् ।

वृष राशी
नित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्नुहोस् ।

मिथुन राशी
बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्नुहोस् ।

कर्कट राशी
नित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाउनुहोस् ।

सिंह राशी
हरेक बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्नुहोस् ।

कन्या राशी
नियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुला राशी
भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्डुको भोग दिनुहोस् ।

वृश्चिक राशी
विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् ।

धनु राशी
नित्य हनुमानजीको दर्शन गरी पिपलमा मिठाई अर्पण गरेर केशरको टिका लगाउनुहोस् ।

मकर राशी
बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस् ।

कुम्भ राशी
केराको बोटमुनी दियो बाली महत्वपूर्ण कामपूर्व हनुमानलाई मीठा पान अर्पण गर्नुहोस् ।

मीन राशी
विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ३७ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री