भर्चुअल माध्यमबाट श्राद्ध गर्नु विधि विपरीत, शास्त्रले के भन्छ ? « Khabarhub

भर्चुअल माध्यमबाट श्राद्ध गर्नु विधि विपरीत, शास्त्रले के भन्छ ?


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबारदेखि श्राद्ध गर्ने तिथि सुरु भएको छ। यसलाई नेपालीमा सोह्रश्राद्ध भनेर पनि भन्ने गरिन्छ ।

सोह्र दिन गर्न पर्ने भएर यसलाई सोह्र श्राद्ध भनिएको हो । तर सोह्र दिन गर्न नसक्नेले पञ्चमीदेखि औँशीसम्म र त्यो पक्षमा पनि गर्न सक्दैनौँ भने दशमीदेखि औँशीसम्म यो कुनै पक्षमा पनि गर्न सक्दैनौँ भने बाबुको तिथिमा एक दिन गर भन्ने शास्त्रले भनेको छ ।

यो बेलामा पितृहरू पितृ लोकबाट मर्त्यलोकमा आउँछन् । हाम्रो छोरा सन्तानले के दिन्छन्, कसो गर्छन् ? हाम्राप्रति श्रद्धा, आस्था, विश्वास राख्छन् भनेर उनीहरू घुमिरहेका हुन्छन् । त्यसैले १६ दिन गर्नुपर्ने हो । त्यो पनि सम्भव नभए बाबुको तिथिमा एक दिन गर्नुपर्ने हो ।

त्यो बेलामा पनि पाइएन भने आश्विन शुक्ल पञ्चमीका चार वटा कुनै तिथिमा परेवा तिथिलाई छोडेर गर भनेको छ ।

त्यसमा पनि गर्न सकिएन भने गाइतिहारे औँशीमा गर त्यो बेला पनि कुनै कारणले गर्न सकिएन भने वृश्चिक राशी सूर्य जानुअघिसम्म गर्नुपर्छ ।

वृश्चिक राशी सूर्य जानुभन्दा पनि अघि श्राद्ध गरेन भने पितृहरू बडो निराश भएर छोरा, नाति कसले श्राद्ध गर्नुपर्ने हो उनीहरूले नगरे निराश भइ चिन्तित, विक्षिप्त भएर छोराहरूलई अक्षम्य दोष दिएर उनीहरू आफ्नो गन्तव्यमा लाग्छन् भन्ने शास्त्रीय मान्यता छ ।

पितृको यो उतम पर्व हो । हाम्रो कुलको उन्नति र प्रगतिको लागि यो गर्नैपर्छ भन्ने शास्त्रको मान्यता छ ।

भर्चुअल माध्यमबाट श्राद्ध गर्ने कुरा शास्त्रसम्मत कुरा होइन । श्राद्ध पितृले पाउन भनेर उनीहरूको लागि गर्ने हो कसैलाई देखाउन गर्ने होइन । श्राद्ध विधि पुर्‍याएर गर्नुपर्छ । श्राद्ध गर्ने ब्राह्मण पनि शुद्ध हुनुपर्छ ।

एक दिनमा एकपटक श्राद्ध गरेर टीका लगाएपछि अर्को ठाउँमा गएर टीका लगाउन मिल्दैन । अहिले संस्कृतिलाई नास गर्न विभिन्न किसिमका विद्युतीय माध्यमबाट श्राद्ध गर्ने कुरा आएको छ ।

यो समयमा बाहुन नपाएर वा आउन नसक्ने स्थिति भए घरमै जानेको पढने आफन्त भए त्यसरी गरेर टीका लगाएर दान दिन सकिन्छ ।

घरमा कुनै जान्ने मान्छे नभएपछि कुनै दिन समय जुराएर बाहुन ल्याएर गर्न सकिन्छ । भर्चुअल माध्यमबाट हाम्रो संस्कृतिको नास गर्न खोज्ने व्यक्तिले गरेको प्रयास हो ।

‘शास्त्रलाई उपेक्षा गर्न काम गर्नुहुँदैन ।’ धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले भने, ‘म सबैलाई अनुरोध गर्छु यो भर्चुअल माध्यमबाट कसैले श्राद्ध नगर्नुहोस् र नगराउनुहोस् । शास्त्रले नमानेका कुरा गर्नु भनेको पितृलाई अपमान गर्नु हो ।’ यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ५३ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि